नदीको बहाब बढ्ने भएपछि सिन्धुपाल्चोक सहित ३१ जिल्लामा बाढीको जोखिम

२९ असार २०८२, आईतवार ११:०८

काठमाडौं । नदीको बहाब बढ्ने भएपछि सिन्धुपाल्चोक सहितका ३१ वटा जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।

महाशाखाका अनुसार संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्लाका स–साना नदीहरूमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम स्तरको जोखिमको उच्च सम्भावना रहेको छ।

त्यस्तै सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व र पश्चिम, बागलुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ र आसपासका जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले विशेष गरी नदी तटीय क्षेत्रमा बस्ने र आवतजावत गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*