बीमा कम्पनीहरुले असार ३१ गतेसम्म बीमा पोलिसी जारी गर्न पाउने, बीमक र अभिकर्ता उत्साहित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम महिनामा ३१ गतेसम्म बीमा पोलिसी जारी गर्न पाउने भएका छन् । सो अनुसार बीमा कम्पनीहरुले पर्सी कार्यालय अवधिसम्मम बीमा पोलिसी जारी गर्न पाउने भएका हुन् ।
जीवन बीमक संघको पहलमा बीमा प्राधिकरणले यसअघि असार २८ गतेसम्म मात्रै बीमालेख पोलिसी जारी गनुपर्ने व्यवस्था परिमार्जन गरेको हो ।
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बीमा प्राधिकरणले स्वागतयोग्य निर्णय भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
असार ३१ गतेसम्म बीमा पोलिसी काट्न पाउने निर्णयको कारण जीवन बीमक र बीमा अभिकर्ता दुबै उत्साहित रहेको उनले बताए ।
यसअघि प्राधिकरणले अन्तिम महिनाको २८ गतेसम्म मात्रै बीमालेख पोलिसी जारी गरेको यो आर्थिक बर्षसम्म गणना गर्ने जानकारी दिएको थियो ।
अभिकर्ताहरुको चर्को आलोचना र कम्पनीको सुझाव अनुसार प्राधिकरणले एक दिन अघिसम्म बीमा योजना यो आर्थिक बर्ष भित्रको कारोबारमा गणना गर्न मान्यता दिने जानकारी दिएको हो ।

बीमा प्राधिकरणको असार २४ गते बीमा कम्पनीहरुलाई परिपत्र पठाउँदै उक्त निर्देशनको बुँदा नं। २ र ३ हटाइएको जानकारी आएसँगै अब एक दिन अगाडिको कारोबार मान्य हुने भएको हो।यस अघिको अभ्यासमा पनि प्राधिकरणले प्रत्येक बर्षको अन्तिम त्रैमासको अन्तिम महिनाको चारदेखि पाँच दिनसम्मको बीमा योजनालाई मान्य दिने व्यवस्था रहेको थिएन ।













