लक्जरी होटलमा एनआरएन इन्फ्रास्टक्चर: वर्णबास म्यूजियम होटलमा १२ करोड ५० लाख लगानी

३० असार २०८२, सोमबार १०:५१

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले होटल तथा पर्यटन क्षेत्रमा आफ्ना लगानी विस्तार गर्ने रणनीतिअन्तर्गत वर्णबास म्यूजियम होटल लिमिटेडमा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको १४५औं बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले वर्णबास म्यूजियम होटल लिमिटेडमा जारी पूँजीको ९.०९ प्रतिशत, जुन संस्थापक सेयरमध्ये १४.२ प्रतिशत हो, स्वामित्व रहने गरी १२ करोड ५० लाख बराबरको लगानी गर्न लागेको हो । सोहीअनुसार १० लाख कित्ता संस्थापक सेयर प्रति कित्ता रु. १२५ को दरले सेयर खरिदबिक्री सम्झौता सम्पन्न भएको छ ।

शेयर खरिद सम्झौता असार ३० गते दिउँसो ३ः३० बजे सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । सम्झौताका पक्षमा ‘लगानीकर्ता’ एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र ‘लगानी प्राप्त गर्ने’ वर्णबास म्यूजियम होटल लिमिटेड रहेका छन् ।

सम्झौताअनुसार एनआरएन इन्फ्रास्टक्चरले लगानीसहित वर्णबास म्यूजियम होटलको सञ्चालक समितिमा न्यूनतम एक जना प्रतिनिधिको उपस्थिति सुनिश्चित गर्नेछ ।

वर्णबास म्यूजियम होटल लिमिटेड एक लक्जरी हेरिटेज बुटिक होटल हो, जुन काठमाडौँको शुवण शम्शेर मार्गमा अवस्थित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*