कास्कीका यातायात कार्यालय सहयोगी घुस सहित रंगेहात पक्राउ
३२ असार २०८२, बुधबार ०९:०४

काठमाडौं । कास्कीको यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी दिपक पौडेल घुस सहित रंगेहात पक्राउ परेका छन्।
सवारी चालक अनुमति पत्र शाखाका सहयोगी पौडेललाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा घुस सहित अख्तियारले रंगेहात पक्रेको हो।
कार्यालय सहयोगी पौडेलले लाइसेन्सको लागि अनलाईन फारम भर्ने र लिखित सहित ट्रायल परीक्षामा समेत पास गराइदिन्छु भन्दै घुस मागेका थिए।
घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियारले उनीमाथि निगरानी गरेको थियो। यसैक्रममा साउन ३१ गते एकजना सेवाग्राहीसँग ७ हजार घुस लिइसकेपछि अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।











