एमालेबाट निर्वाचित कल्याणपुरका मेयर साहलाई एक लाख घुससहित अख्तियारको नियन्त्रणमा
३२ असार २०८२, बुधबार १६:०३

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुसहित नियन्त्रणमा लिएको छ।
मेयर रामपुकार साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो । आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए लगत्तै नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए ।
उनी २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए।











