आज साउने संक्रान्ति, लुतो फालेर मनाइँदै

१ श्रावण २०८२, बिहीबार ०९:००

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ। आजको दिन विशेषगरी लुतो फालेर मनाइने गरिन्छ।

हिन्दू पात्रो अनुसार साउन १ गते सूर्य कर्कट राशिमा प्रवेश हुने यो संक्रान्तिलाई गर्मीका रोग–व्याधिहरू हटाउने, शरीर शुद्ध बनाउने र धार्मिक कर्म गर्ने विशेष दिन मानिन्छ। विशेषतः आजको दिन लुतो फालेर यो पर्व मनाइने गरिन्छ।

शरीरमा जम्मा भएको गर्मी, चर्मरोग, ज्वरो वा अज्ञात रोगहरूलाई ‘लुतो’ भनिन्छ। साउने संक्रान्तिमा तोरीको तेल, मरिच, लसुन, अदुवा आदिको प्रयोग गरेर शरीरमा मसल्ने र आगोमा फाल्ने चलन छ। यसले शारीरिक अशुद्धता हटाउने र नकारात्मक ऊर्जा निस्कने विश्वास गरिन्छ।

यस दिन बिहानै शुद्ध नदीनाला वा धारा–कुन्डमा स्नान गरेर शुद्ध भई पूजा–पाठ गरिन्छ। साथै ब्राह्मण, गरीब वा वृद्ध व्यक्तिहरूलाई दान–दक्षिणा दिने परम्परा पनि आजैका दिन विशेष रूपमा मानिन्छ। आज घ्यु, तेल, फलफूल, अन्न आदिको दान पुण्यदायी मानिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*