प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने

४ श्रावण २०८२, आईतवार १५:२७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गर्ने पक्का भएको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण एक वर्षअघि पदभार सम्हालेयता भारतको पहिलो औपचारिक आमन्त्रणमा हुन लागेको हो।

दुवै प्रधानमन्त्रीबीच विगतमा न्यूयोर्क र बैंककमा अन्तर्राष्ट्रिय कार्यक्रमका अवसरमा भेटवार्ता भए पनि अहिलेसम्म सरकारी भ्रमण आदान–प्रदान भएको थिएन। यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*