चालू आर्थिक वर्षमा उठाउने आन्तरिक ऋणको विस्तृत तालिका सार्वजनिक

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्वितीय र तृतीय चौमासिक अवधिमा उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार यस अवधिमा १० अर्ब रुपैयाँका विभिन्न विकास ऋणपत्रहरु फरक–फरक भुक्तानी अवधिका लागि विभिन्न मितिमा बोलकबोल तथा निष्कासन गरिनेछ।
प्रथम चौमासिक अन्तर्गत साउन ७ गते ३ वर्षे भुक्तानी अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल हुनेछ भने साउन ८ गते सो ऋणपत्र निष्कासन गरिनेछ। त्यसपछि साउन १४ गते ४ वर्षे अवधिको ऋणपत्रको बोलकबोल र साउन १५ मा निष्कासन हुनेछ। साउन २१ मा ११ वर्षे ऋणपत्रको बोलकबोल र साउन २२ मा निष्कासन, तथा साउन २८ मा ८ वर्षे ऋणपत्रको बोलकबोल र साउन २९ मा निष्कासन हुने तालिका छ।
भदौ ४ मा १० वर्षे भुक्तानी अवधिको ऋणपत्रको बोलकबोल र भदौ ५ मा निष्कासन गरिनेछ। त्यसैगरी, भदौ ११ मा ३ वर्षे ऋणपत्रको बोलकबोल र भदौ १२ मा निष्कासन गरिने छ। भदौ १८ मा ९ वर्षे र भदौ १९ मा सो ऋणपत्र निष्कासन हुनेछ। भदौ २५ मा ६ वर्षे ऋणपत्रको बोलकबोल तथा भदौ २६ मा निष्कासन गर्ने तालिका रहेको छ।
तृतीय चौमासिक अन्तर्गत असोज १ गते ११ वर्षे भुक्तानी अवधि रहेको ऋणपत्रको बोलकबोल हुनेछ भने असोज २ मा निष्कासन गरिनेछ। त्यस्तै, असोज २२ मा ७ वर्षे ऋणपत्रको बोलकबोल र असोज २३ मा निष्कासन तथा असोज २९ मा ५ वर्षे ऋणपत्रको बोलकबोल र असोज ३० मा निष्कासन गरिने कार्यक्रम तय भएको छ।
Issuance Calander-pdf_mpnxpeo











