निरन्तर महङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
७ श्रावण २०८२, बुधबार १०:३६

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













