सामाजिक सुरक्षा कोषमा वर्षदिनमै थपिए झण्डै लाख श्रमिक
७ श्रावण २०८२, बुधबार १७:४६

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ८२ हजार ९ सय ४६ जना श्रमिक थपिएका छन् । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१–८२ का उपलब्धि सार्वजनिक गरेको हो ।
हालसम्म कोषमा आवद्ध श्रमिकको संख्या कुल श्रमिक २३ लाख ७४ हजार ४ सय ८६ पुगेको छ । यसमध्ये औपचारिक क्षेत्रका ६ लाख १ हजार ८ सय २५ पुगेका छन्
वैदेशिक रोजगारतर्फ १७ लाख ७१ हजार ५ सय ३७ पुगेको छ । स्वरोजगारतर्फका श्रमिक संख्या १ हजार १ सय २४ छ । २०८१र८२ सम्म कुल रोजगारदाता सूचीकरण २० हजार ९ सय ५१ पुगेको छ ।
गत आव २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको छ । यससहित कुल योगदान रकम संकलन ८३ अर्ब २५ करोड पुगेको समेत सामाजिक सुरक्षा कोषले जनाएको छ ।













