काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान बीच बाटै फर्कियो
८ श्रावण २०८२, बिहीबार १८:३३

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयर बीच बाटोमै फर्किएको छ । बुद्ध एयरको एटी–७५ सिरिजको उक्त जहाज पोखरामा अवतरण गर्न नसकी पुनः काठमाडौँ फर्किएको हो ।
पोखरामा मौसम एक्कासी खराब भएपछि जहाजले अवतरण प्रयास नगरी फर्किन बाध्य भएको आंकलन गरिएको छ ।यद्यपि जहाज अहिले काठमाडौँमा पूर्ण रूपमा अवतरण गरेको छैन ।
काठमाडौँ आकाशमा चक्कर लगाइरहेको छ ।












