मन्त्रिमण्डल पुनर्गठनमा देउवाको असहमती, आफ्ना पार्टीको गर्ने भए गर्नुस, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नः देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको चरणमा काग्रेसका सभापति देउवाले असहमती जनाएका छन् ।
एमाले अध्यक्षसमेत रहेका ओली पार्टीको बैठक सकेलगत्तै मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेका बिषयमा नेपाली काग्रेंसकोतर्फबाट असहमती जनाइएको हो ।
नेपाली काग्रेंसको जवाफको पखाईमा रहेका ओलीलाई काग्रेंसका सभापति देउवाले ‘तपाईंले आफ्ना पार्टीका परिवर्तन गर्ने भए गर्नुस, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्न ।’
उनले आफू प्रधानमन्त्री बन्ने वेलामा मात्रै मन्त्री परिवर्तन गर्ने जनाफ दिएका छन् ।
आज सार्वजनिक कार्यक्रममा सहभागी नभएर बालुवाटारमै आन्तरिक अध्ययनमा ओली जुटेका थिए ।
काग्रेसका सभापति देउवाको यो उत्तरले अन्यौलमा परेका छन् ।
बालुवाटार स्रोतले भन्यो, ‘मन्त्री नियुक्त गर्दा एक वर्षका लागि भनिएकाले त्यो समय पनि पूरा भयो, अब हेरफेर गर्ने गरी आन्तरिक अध्ययन गरिरहनुभएको छ ।’
तर प्रधानमन्त्री ओलीले मन्त्रीहरूको हेरफेरबारे सत्ता साझेदार दल नेपाली कांग्रेससँग सहमती जुटन नसकेपछि एमालेको तर्फबाट नियुक्त भएका मन्त्रीहरु मात्रै हेरेफेर गर्ने तयारीमा समेत लागेको स्रोतका अनुसार बुझिएको छ।
सभापति देउवाले कतिवेला मन्त्रीहरू परिवर्तन गर्छन्न र आफ्नो पालो आउला भनी बसेका कांग्रेस सांसदहरूलाई पनि आफू प्रधानमन्त्री हुने वेलामा मात्रै मन्त्री परिवर्तन हुने बताउन थालेका छन् । ‘मन्त्री परिवर्तनको हल्ला चलेको छ, हामी कहिले हो हुन े? केही दिनअघि देउवालाई भेट्न गएका एक सांसदले सोधेका थिए । जवाफमा देउवाले भनेका थिए, ‘अहिले परिवर्तन हुँदैन । अब म प्रधानमन्त्री हुने वेलामा फेर्ने हो ।’
यता देउवालाई मंगलबार भेट्न पुगेका कांग्रेसका पाँच पूर्वपदाधिकारीले पनि पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाएका थिए । यसरी सुझाव दिनेहरूमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महत थिए ।
निकटस्थ स्रोतका अनुसार पनि देउवा तत्काल मन्त्री फेरबदलको योजना छैनन् ।











