क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

९ श्रावण २०८२, शुक्रबार १७:४०

काठमाडौँ ।  बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका ३७ वर्षीय रविन आचार्य हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आचार्यले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाउँदै दुई जना व्यक्तिसँग गरी कुल ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए। पीडितहरूले उजुरी दिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*