एक्सपोमा टोयोटा गाडी बुकिङ गर्दा मेगा छुट र प्लाटिनम कार्ड

काठमाडौं । नेपालमा टोयोटा सवारीसाधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ का अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी अगस्त ६ देखि १० तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा ‘टोयोटा मेगा अफर’ लिएर सहभागिता जनाउँदैछ ।
टोयोटाको ‘मेगा अफर’ अन्तर्गत एक्सपो अवधिभर बुकिङ गर्ने प्रत्येक ग्राहकले विशेष छुट (मेगा डिस्काउन्ट), प्लाटिनम कार्ड, तथा जीवनभर निःशुल्क पिकअप र ड्रप सेवा प्राप्त गर्नेछन् । ग्राहकले एक्सपोमै सवारी बुकिङ गरेमा मात्र यी सेवा प्राप्त गर्न सक्ने युनाइटेड ट्रेडर्स सिन्डीकेटले जानकारी दिएको छ ।
एक्सपोमा टोयोटाका तीन आकर्षक मोडल यारिस क्रस हाइब्रीड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० लगायतका सवारीसाधन सार्वजनिक अवलोकनका लागि राखिने छन् । यी मोडलहरू कम्पनीका पछिल्लो पुस्ताका प्राविधिक रूपमा उन्नत र वातावरणमैत्री सवारीसाधनका रुपमा चिनिन्छन् ।
यसका साथै, युनाइटेड ट्रेडर्स सिन्डीकेटको स्टलमा आउने हरेक आगन्तुकलाई आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।













