गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन जलेर नष्ट

१४ श्रावण २०८२, बुधबार ११:२३

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान अचानक आगलागी भएको छ। रिसोर्टको मुख्य हल र रिसेप्सन रहेको भवनमा आगो लाग्दा ठूलो क्षति भएको छ।

साढे पाँच सय जना अट्ने क्षमताको उक्त भवन काठबाट निर्माण गरिएको थियो। प्रारम्भिक अनुमान अनुसार विद्युत सट भएर आगो सल्किएको हुनसक्ने बताइएको छ।

आगलागी भएको खबर पाउने बित्तिकै कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट आएका दमकलसहित प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलनको कार्य भइरहेको छ।

डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको यो रिसोर्टमा टायल वा मार्बलको सट्टा काठ प्रयोग गरिएको छ। यहाँ काठकै भिल्ला, काइट हाउस र कार्ट हाउसहरू निर्माण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*