सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

१५ श्रावण २०८२, बिहीबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*