मन्त्रिपरिषद् बैठकले गर्यो यी १८ निर्णय

काठमाडौं । मन्त्रीपरिषद बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । साउन १२ गते बसेको बैठकको निर्णयले सो निर्णय गरेको हो ।
त्यस्तै, रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।
बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ । बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा।उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।















