प्रधानमन्त्री केपी ओली भन्दा पहिले पूर्व राष्ट्रपतिलाई भारतको निम्तो !

१५ श्रावण २०८२, बिहीबार १५:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौं ३१ गतेदेखि दुई दिने भारत भ्रमण गर्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउन प्रयास सुरु भएको छ ।

कुटनीतिक स्रोतका अनुसार नेपालस्थित भारतीय उच्च अधिकारीले पूर्व राष्ट्रपति भण्डारीसँग केही चरणको वार्ताहरु सम्पन्न भइसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिने भारत भ्रमणको मिति भदौं ३१ गतेदेखि नै विद्या भण्डारीलाई नयाँ दिल्लीले स्वागत गर्न चाहेको छ । त्यसको लागि वातावरण मिलाउने काम भइरहेको छ ।

यता, प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा पूर्व तयारीहरु सुस्त गतिमा अघि बढिरहेको छ । नेपाल र भारतका प्रधानमन्त्रीहरुका भ्रमण हप्तादिनको अवधीभित्रैमा पनि सम्पन्न भएका धेरै उदाहरणहरु रहेका छन् । तर यस पटक डेढ महिना अघि भ्रमणको मिति तय गरिनुले प्रम ओलीलाई भारतले सामान्य रुपमा स्वागत नगर्ने बरु वेवास्ता गर्ने चर्चा कुटनीतिक वृत्तमा चलिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*