पेट्रोलको मूल्य घट्योे
१५ श्रावण २०८२, बिहीबार २२:०९

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो।
यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ ।
पेट्रोलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १५६.५० रुपैयाँ, १५८ रुपैयाँ र १५९ रुपैयाँ कायम भएको छ। यता डिजेल/मट्टितेलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १४७.५० रुपैयाँ, १४९ रुपैयाँ र १५० रुपैयाँ तोकिएको छ।
हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ३ रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ।














