यस्तो छ आज डलर, रियाल, दिराम लगायत विदेशी मुद्राको सटहीदर

१८ श्रावण २०८२, आईतवार ०८:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ पैसा रहेको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कतारी रियालको खरीददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक यूएई दिरामको खरीददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीददर ३२.६८ रुपैयाँ र बिक्रीदर ३२.८२ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५६.५३ रुपैयाँ र बिक्रीदर ४५८.४९ रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*