तनहुँको ऐनापहरामा बस दुर्घटना
१८ श्रावण २०८२, आईतवार १७:०९

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको गरेको ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार अपरान्ह सवा चार बजे मर्स्याङ्दी नदीको तीरमा खसेको हो ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ५ जना घाइतेलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल पठाइएको छ । २ जना घाइतेको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भरतपुर अस्पताल पठाइएको छ ।













