अत्यावश्यक सेवामा बन्द–हड्ताल निषेध गर्न मन्त्रिपरिषद्को निर्णय

१८ श्रावण २०८२, आईतवार १८:३९

काठमाडौं । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द र हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितलाई मध्यनजर गर्दै अत्यावश्यक सेवामा कुनै पनि किसिमको बन्द, हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि निषेधित गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

अब सार्वजनिक हितमा पर्ने अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल, घेराबन्दी, काम ठप्प पार्ने, सेवा बहिष्कारलगायतका कुनै पनि प्रकारका अवरोध सिर्जना गर्न पाइने छैन। सरकारले यस्ता सेवाको सुचारु सञ्चालन सुनिश्चित गर्न कानुनी रूपमा बन्देज लगाउन लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*