मुलपानीमा सुबारु ब्रान्डको गाडी पुलबाट खोल्सामा खस्यो

काठमाडौँ । सुबारु ब्रान्डको चिनियाँ दूतावासको गाडी काठमाडौंको मुलपानीमा दुर्घटनामा परेको छ। आइतबार बिहान कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी क्रिकेट ग्राउन्ड नजिकैको पुलबाट गाडी अनियन्त्रित भई खोल्सामा खसेको हो।
दूतावासको गाडीको नम्बर ११ सिडी ६१९ रहेको छ। प्रहरीका अनुसार गाडी आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।दुर्घटनाग्रस्त गाडीमा दुई जना चिनियाँ नागरिक सवार थिए। ट्राफिक प्रहरीका अनुसार उनीहरू आमा–छोरी हुन्। गम्भीर चोट भने नलागेको र उनीहरू सामान्य घाइते मात्रै भएको जानकारी दिइएको छ।
घटनापछि गाडीलाई खोल्साबाट क्रेनको सहायताले निकालिएको थियो। त्यसपछि सम्बन्धित चालककै जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
नेपालमा सुबारु ब्रान्डका गाडीहरूको आधिकारिक वितरक विजय मोटर्स प्रालि हो।













