प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप
९ आश्विन २०८३, शुक्रबार १०:१३

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यका उडान प्रभावित भएका हुन्।
उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। मौसममा सुधार नआउँदा पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान हुन सकेका छैनन्।
कम भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या देखिएको विमानस्थलले जनाएको छ। मौसममा सुधार आएपछि मात्रै प्रभावित उडानहरू सञ्चालनमा आउने बताइएको छ।










