सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?
९ आश्विन २०८३, शुक्रबार १०:५८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।










