पहिरोले मनकामना सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा

११ आश्विन २०८३, आईतवार १६:००

काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ।

पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ।

मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ। सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ।

यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*