पहिलो दिनमै दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा झण्डै ३ लाखको आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमै झण्डै ३ लाखको आवेदन परेको छ । कम्पनीको आइपीओमा २ लाख ९६ हजार १३ जनाले आवेदन दिएका हुन् ।
बिहीवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू. ३५ करोड ८० लाख ४८ हजार बराबारको ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १ दशमलव ७७ गुणा बढी आवेदन परेको हो ।
पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू। १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू। १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।













