वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ७८ हजार पुग्दा रेमिट्यान्समा सुधार

२७ जेष्ठ २०७९, शुक्रबार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको आर्थिक वर्ष २०७८।०७९ को दश महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उक्त तथ्याङ्कअनुसार सो अवधिसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.२ प्रतिशतले बृद्धि भई ८११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढी थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आइ ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.१ प्रतिशतले बढेको थियो ।

चालु आवको १० महिनासम्म खुद ट्रान्सफर ०.०१ प्रतिशतले बढेर ९०३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो ट्रान्सफर १७.०१ प्रतिशतले बढी थियो ।

त्यस्तै, समिक्षा अवधिसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिसम्म १८५.५ प्रतिशतले बृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*