स्वास्थ्य बीमा बोर्डद्धारा बीमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह

९ असार २०७९, बिहीबार १८:३०

काठमाडौं । अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम लागु बन्द गर्ने घोषणा गरिहरहेको बेला स्वास्थ्य बिमा बोर्डले भने बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ । बोर्डले समयमा भुक्तानी नदिएको भन्दैं केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको अवस्थामा बोर्डले सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको हो ।

बिहीबार बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हो । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जनशक्ति अभावका कारण चालु आर्थिक वर्षको जेठ १५ सम्म १८ लाख ५१ हजार ९ सय ३५ वटा दावीलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षमा वैज्ञानिक परीक्षण प्रणाली अपनाएर बिमाको भुक्तानीलाई सहज बनाउने समेत जनाएका छन् । ‘हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिनेछ भन्ने सूचना प्रकाशित गरेको पाइएको छ । तर, स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा संचालन कार्यविधी, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भएर बोर्डबाट प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ बोर्डको विज्ञप्तिमा छ, ‘र, परीक्षण भएका दावीहरुको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।’

बोर्ड आर्थिक वर्ष ०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका र चालु आर्थिक वर्षका ३३ लाख ७५ हजार ८३७ गरी ५२ लाख ८४ हजार ८ सय ८ सय ९१ संख्याका दावी परीक्षण गरेर ८ अर्ब १३ करोड भुक्तानी गरेको जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत सरकारले प्रति परिवार ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा प्रदान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*