सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

१७ असार २०७९, शुक्रबार ११:५२

काठमाडौं । शुक्रबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ ३०० रुपैयाँले र चाँदीको भाउ २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कायम भएको छ । साथै तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*