ईदको अवसरमा आईतबार सरकारले सार्वजनिक बिदा दिने
२२ असार २०७९, बुधबार १३:३५

काठमाडौं। आईतबार ईद मनाउन देशभर सार्वजनिक बिदा दिने भएको छ ।
गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनिक भने गरेको छैन।
बिदा दिने निर्णय भइसकेको छ। केही समयमा नै बिदा सार्वजनिक गर्ने छौं, गृहमन्त्रालयका एक कर्मचारीले भने।
मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।













