भ्रममा नपरौं, जनार्दन शर्मा अर्थमन्त्रालय फर्कदैनन्, माओवादीभित्र नयाँ अर्थमन्त्रीको खोजी सुरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा स्वीकृत गरी अर्थमन्त्रालयको जिम्मेवारी आफैमा तोकेका छन् । माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालय रिक्त भएपछि नयाँ अर्थमन्त्रीको खोजीमा पार्टी अघि बढिसकेको छ ।
संसदले छानविन विशेष समिति बनाउने निर्णय गरेसँगै राजिनामा दिएका शर्माले संसदको रोष्ट्रमबाटै पदबाट राजिनामा दिएका छन् । संसदले १० दिनभित्रमा प्रतिवेदन दिने गरी एमालेका सांसद खगराज अधिकारीको नेतृत्वमा संसदीय छानविन विशेष समिति गठन गरेको हो ।
जनार्दन शर्माले अर्थमन्त्रीबाट सजिलै राजिनामा दिएको र अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले राखेकोले जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा फर्कने चर्चा, हल्ला र सामाजिक सञ्जालमा टिप्पणीहरु भइरहेका छन् । विशेषगरी माओवादी कार्यकर्ता र जनार्दन शर्मा निकटका मानिसहरुले पुनः अर्थमन्त्रीमा फर्कने भन्दै प्रतिरक्षा गरिरहेका छन् ।
जनार्दन शर्मा प्रभाकर पुनः अर्थमन्त्रालयमा फर्कने सम्भावना यो संसदका लागि लगभग शून्य छ । संसद सार्वभौम थलो हो । जनताको प्रतिधित्व गर्ने सार्वभौम संसदमा जनताको अगाडि उभिएर पदबाट राजिनामा दिइसकेपछि नैतिकता, राजनीतिक इमान्दारिता र संसदीय मूल्य मान्यताका आधारमा समेत शर्मा पुनः अर्थमन्त्रालयमा फर्कन मिल्दैन । १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको कमाण्डिङ गरिर राजनीतिमा प्रवेश गरेका प्रभाकर राजनीतिक भविष्य भएका, उच्च नैतिकवान व्यक्ति हुन् ।
जनार्दन शर्माका सन्दर्भमा बजेट बनाउँदा उक्त अघिल्लो दिन भएको घटनाको सम्बन्धमा जे घटनाहरु भए त्यसबाट शर्माले जुन सहयोग पाउने अपेक्षा गरेका छन् । अब उनले १८० डिग्रीको रुपान्तरण पाउनेछन् । सचिवहरुको भाषा फेरिनेछ । कर्मचारीहरुले चिन्न छोड्नेछन् अनि संसदीय समितिले बनाउने प्रतिवेदनले शर्मालाई निशर्त पुनर्बहाली गर्न माग गर्नेछैन । संसदीय समितिले सो दिन, घट्ना के भएको हो ? सो मात्रै प्रतिवेदन तयार पार्नेछ । त्यसैले शर्माले सोचेको जस्तो प्रतिवेदन संसदीय विशेष समितिले तयार पार्नेछैन ।
शर्मालाई तत्कालै उक्त पद नभई सर्वश्व स्वाहा हुनेवाला छैन । त्यसैले उनले पद हालका संसदको रोष्ट्रममा उभिएर त्याग गरिसकेको पदमा पुनः लालच देखाउने छैनन् ।
हो, केही भारदारहरु, केही माफियाहरु, केही भ्रष्ट कर्मचारीहरु सोझा र सबैको हित चिताउने अर्थमन्त्री शर्मालाई पुनः मन्त्रालयमा फर्काउन पाएमा लूटको स्वर्ग फर्कन्छ भनेर लागि रहेका छन् । माफ गर्नुहोला, ति तत्वहरुको लूटको स्वर्ग फर्काउन जनार्दन शर्मा पुनः अर्थमन्त्रालय फर्कने ? यो असम्भव प्रायः छ । राजनीतिक भविष्य सुरक्षित गर्नका लागि समेत शर्माले नैकिता प्रदर्शन गर्दै, जनताको थलोको रुपमा रहेको सार्वभौम संसदको रोष्ट्रममा उभिएर गरेको घोषणा इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने अवस्थामा आइपुगेका छन् ।
त्यसैले माओवादी केन्द्रले तत्कालै नयाँ अर्थमन्त्रीको खोजी गर्न सुरु गर्नुपर्दछ । देश गम्भिर आर्थिक संटकतर्फ अघि बढिरहेको बेला अर्थ मन्त्रालयलाई नेतृत्व विहिन बनाउनु हुँदैन ।













