साउनबाट १० करोडभन्दा बढी कारोबार गर्दा विद्युतीय बिजक पेश गर्नुपर्ने

२६ असार २०७९, आईतवार १८:५४

काठमाण्डौं । आगामी साउन महिना बाट १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक पेश गर्नुपर्नेे भएको छ ।

आन्तरिक राजस्व विभागले आव २०७७–७८ वा २०७८–७९को मूल्य अभिवृद्धि र तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।

विभागले यसअघि २०७५ फागुन २९ गते जारी सूचनामा तोकिएका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने प्रावधानलाई आगामी आर्थिक वर्षका लागि निरन्तरता दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*