भुकुटीमण्डपमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास सुरु
२९ असार २०७९, बुधबार १५:४३

अपडेट: भृकुटीमण्डपकाे आगाेलागि केही बेरअघि नियन्त्रणमा आएकाे छ ।
……….
काठमाडाैं। काठमाडौंको भुकुटीकण्डपमा भिषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास सुरु भएको छ । समाजकल्याण परिषदको स्टोरमा आगोलागी भएको हो । अहिले जुद्ध बारुणयन्त्र काठमाडौं, ललिपतुर र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिने प्रयास सुरु भएको छ ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर कार्यालयले जनाएको छ।भृकुटीमण्डपको आगोलागी स्थलमा पुरानो फिल्म हल समेत रहेको थियो । आगोलागीको कारण खुल्न सकेको छैन ।
















