जनार्दन शर्मालाई मन्त्री क्वाटरबाट अर्थ मन्त्रालय भित्राउने भन्दै बिचौलियाको धम्की र दवाव

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएको एक साता पुरा भइसकेको छ । तर, अर्थमन्त्रलायमा अझै पनि जनार्दन शर्माको नामबाट दवाव दिने र धम्क्याउने काम गरेको गुनासो कर्मचारी वृत्तमा चलेको छ ।
बिचौलियाहरुको समुहले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा फेरि मन्त्री बनेर आएपछि ठेगान लगाईदिने भन्दै कर हिसाब मिलान गर्न धम्की दिने गरेको एक कर्मचारीले गुनासो गरेका छन् । बिचौलिया दिपक भट्टको समुहले निवर्तमान अर्थमन्त्री शर्माको नामबाट अर्थमन्त्रालयका सह–सचिव, उप सचिवहरुलाई नाजायज काम गर्न दवाव दिने गरेको बुझिएको छ ।
अर्थ मन्त्रालयमा सुनिएको गुनासो अनुसार सेटिङमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अर्बौको लाभ दिन सफल भट्टको समुहले जनार्दन शर्मा फेरि मन्त्री बनेर फर्कने, अर्थमन्त्री बनेर फर्केपछि नयाँ सेटि आफैले तयार पार्ने भन्दै कर्मचारीहरुलाई दवाव दिएर काम लगाउने गरिएको छ । निवर्तमान अर्थमन्त्री शर्माले हालसम्म क्वाटर नछोडेले तिथि मिति नै तोकेर फर्काएर ल्याईदिने भन्दै कर्मचारीहरुलाई दवाव दिएर आफ्नो काम गराइरहेको सूत्रको दावी छ ।
एक कर्मचारीले भट्टको समुहले धम्की दिएको भन्दै भने, ‘मन्त्री अहिले पुल्चोक मन्त्री क्वाटरमा मात्रै सरेका हुन्, फेरि अर्थमन्त्रालयमा ल्याएपछि तिमीहरुको हालत के बनाउँछु पख ! भन्दै दवाव दिन्छन् ।
मन्त्री शर्मा भने पुनः मन्त्री नबन्ने लगभग पक्का जस्तै छ । सार्वभौम संसदको रोष्ट्रममा उभिएर राजिनामा गरिसकेका मन्त्री फेरि मन्त्रालय फर्कन नहुने र यसले अनैतिक र पदलोलुपता देखिने भन्दै जनार्दन शर्मालाई पाँच महिने मन्त्री नबन्न सुझाव दिइरहेका छन् । पछिल्लो समय शर्मा आफै भन्दा पनि बिचौलिया र माफियासँग आफन्तहरुको उठबसका कारण उनी बद्नाम बन्दै गइरहेका छन् । जनयुद्धमा गठन गरिएको जनमुक्ति सेनाको कमाण्डर, यसअघि उर्जा मन्त्री हुँदा उज्यालोका नायक जनार्दन शर्मालाई फेरि अर्थमन्त्रालयमा भित्राएर खुईल्याएर सिध्याउन एकाथरी पार्टीभित्रैका मानिसहरु पनि सक्रिय भएर लागेका छन् ।
करिब एक वर्षे अवधीमा जनताको पक्षमा देखिने र नतिजा मुखी काम भन्दा पनि विवादमा धेरै परेका कारण पनि अर्थमन्त्री जनार्दन शर्मा रुपमा पुनः अर्थमन्त्रालय नफर्कनुमा नै हितकर हुनेछ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याइसकेको बजेट कार्यान्वयन मात्रै गर्न पाएका कारण उनले राम्रो नजिता देखाउन सकेनन् भने नयाँ बजेटमा अर्थमन्त्रालयको टिम राम्रो नपरेका कारण जनताको उत्साह जगाउन सकेनन् ।
हरेक संयोगहरुमा अप्ठेरो अवस्थाको सामना गरेका निवर्तमान अर्थमन्त्री शर्माको नाममा पुल्चोकस्थित मन्त्री क्वाटरमा चुपचाप लागेर बस्दा नै दुरुपयोग हुन्छ भने मन्त्री बनेर पुनः अर्थमन्त्रालयमा फर्केपछि उनको नाममा कति दवाव र अप्ठेरो अवस्था सिर्जना गरिएला ? तथ्यहरुले उनी नतिजा देखाउन पाउने भन्दा पनि डाम्नकै लागि पुनः अर्थमन्त्रालयमा फर्काउन खोजिएको माफिया, पार्टीभित्रका तत्वहरुको सक्रियताको कारण मन्त्रिक्वाटरबाट सरेर बिचौलियाहरुलाई बाहना पार्न नदिने पो हो कि ?













