गोर्खाज फाईनान्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
१ श्रावण २०७९, आईतवार १४:०२

काठमाडौं । गोर्खाज फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च मेनेजर पदका लागि केहि, सम्बन्ध प्रबन्धकका लागि २ जना र आईटि पदका लागि एक जना कर्मचारी माग गरेको हो ।
योग्य तथा ईच्छुक उम्मेदवारहरूले हालसालै खिचेको पार्सपोर्ट साइजको फोटोसहितको व्यक्तिगत विवरण सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको मेल ठेगानामा आवेदन दिन सक्नेछन् ।














