१ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुुदैछ कारोबार?

५ श्रावण २०७९, बिहीबार ११:१७

काठमाडौं । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

बुुधवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*