सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार?

११ श्रावण २०७९, बुधबार ११:०५

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको भने बढेको छ ।

आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

मंगलवारका दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*