थप ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु

१२ श्रावण २०७९, बिहीबार १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ५ हजार २५ जनामा कोरोना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

थप २१५ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल ४हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*