अर्थसचिव मधु मरासिनीसँग दोस्रो बयान
१३ श्रावण २०७९, शुक्रबार १३:५७

काठमाडौं । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले अर्थसचिव मधु मरासिनीसँग दोसो बयान लिएको छ ।
बिशेष संसदीय सदस्यका अनुसार सीसीटीभी फुटेजबाहेक मन्त्रालयका सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, राजस्व विभागका महानिर्देशक सहितका अन्य कर्मचारीसँगे बयान लिएर प्रतिवेदनमा समेटिएको छ । तर कसैले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको स्वीकार गरेका छैनन् ।संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ ।प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने, पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेश गर्ने तयारी छ ।













