दिन–दिनै बढ्दै सुनको मूल्य, १ तोला सुन किन्दा १ लाख ५ हजार खर्चिनुपर्ने
१ माघ २०७९, आईतवार ११:०३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैरहेको छ ।












