प्राइम, गुराँस र युनियन लाइफबीच अन्तिम मर्जर सम्झौता हुँदै

१ माघ २०७९, आईतवार १४:३३

काठमाडौं । प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । यी तीन कम्पनीहरुले काठमाडौंको अलफ्ट होटलमा अन्तिम सम्झौता गर्ने भएका हुन् ।

अन्तिम सम्झौता पत्रमा सहमतीसँगै यी तीनवटै कम्पनीले एकीकृत कारोबारका लागी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट एकीकृत कारोबारका लागी अनुमोदन गराउनेछ । तीन जीवन बीमा कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा गत बैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।

आज अन्तिम सम्झौतापश्चात् यी कम्पनीहरुको आ–आफ्नै सभाले मर्जरसम्बन्धि विशेष प्रस्ताव अनुमोदन गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल बीमा प्राधिकरणमा समेत एकीकृत कम्पनी दर्ता गरेपछि एकीकृत कारोबारका लागी प्राधिकरणबाट पूर्व सहमती प्राप्त गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*