मध्यराति २ः३६ बजे भक्तपुर केन्द्रबिन्दु भएर गयो भुकम्प, सिंगो उपत्यका हल्लियो

२८ जेष्ठ २०७९, शनिबार ०६:४३

काठमाडौं । गएराति राजधानीमा भुकम्प गएको छ । मध्यराति २ः३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ म्याग्नुच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पले सिंगो काठमाडौं उपत्यकामा धक्का दिएको छ ।

भुकम्प लगत्तै थुप्रै मानिसहरु आत्तिर बाहिर निस्किएका थिए । भुकम्पले भक्तपुरमा निकै बेस्सरी हल्लाएको थियो भने काठमाडौंको पश्चिमी क्षेत्रमा केही कम प्रभाव परेको थियो ।

भक्तपुरको चाँगुनारायण मन्दिरको पश्चिमतर्फको खेतमा केन्द्रबिन्दु भएर भुकम्प गएको हो । भुकम्पबाट कुनै क्षति भएको खवर आएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*