आइतबार सुनको मूल्य १५ सयले बढ्यो, कति छ तोलाको ?

२९ जेष्ठ २०७९, आईतवार ११:४५

काठमाडौं । आइतबार सुनको मूल्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैइाँ र तेजाबी सुन ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*