सानिमा जनरल इन्स्योरेन्स मर्जरमा जाने, प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा

३० जेष्ठ २०७९, सोमबार १०:५७

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले मर्जर विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले मर्जर विषयमा छलफल गर्न विशेष साधारण सभा आह्वान गरेको हो ।

इन्स्योरेन्सको जेठ २९ गते बसेको संचालक समितिको बैठकले असार १५ गते धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा बिहान १० बजे बस्नेगरी सभा डाकेको हो ।

उक्त सभाले कम्पनीले भविष्यमा कुनै निर्जिबन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि गर्न तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मुल्याकंनकर्ता नियुक्त गर्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब (बुकक्लोज) असार ८ गते तोकेको छ । यसर्थ असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले २०७९ साल चैत मसान्तभित्रमा सबै बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएसँगै बीमा कम्पनीहरु भटाभट मर्जरमा जान थालेका हुन् । समितिले निर्जिबन बीमा कम्पनीहरुको चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*