ग्यापुमा वर्ल्डलिंकको विभिन्न प्याकेज खरिद गर्न पाइने

३० जेष्ठ २०७९, सोमबार १५:२९

काठमाडौं । लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकको विभिन्न प्याकेजहरु उपलब्ध भएका छन् । जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् ।

ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको लागि पनि प्लाटफर्म हो भन्ने सुचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईटमार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*