नबिल बैंकको नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण गर्ने माथि ध्यानाकर्षण

३० जेष्ठ २०७९, सोमबार १६:३३

काठमाडौं । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको काराण ध्यानाकर्षण गराएको छ । नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो ।

फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ । नक्कली अकाउन्टबाट प्रेषित भ्रामक सूचना ठगीको नियतका साथ सम्प्रेषण भएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।

बैंकको फेसबुकबाट भेरिफाइड भएको फेसबुक पेज मात्रै रहेको र त्यसबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*