राजश्व अनुसन्धान विभागको सक्रियता, ८ महिनामा ११५ विरुद्ध मुद्दा दायर

३० जेष्ठ २०७९, सोमबार १६:४७

काठमाडौं । पछिल्लो ८ महिनामा मात्रै ११५ विरुद्ध मुद्दा दायर भएका छन् । राजश्व अनुसन्धान विभागले सो अवधिसम्म ११५ वटा मुद्दा दायर गरेको हो ।

राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा कुरी कुल ११५ मुद्दा दायर गरिएको विभागले जनाएको हो ।

राजश्व चुहावट सम्बन्धि दायर मुद्दाअन्तर्गत २०३ जनाविरुद्ध दायर गरिएको मुद्दामा कुल २० अर्ब ६१ करोड ३० लाख ६८ हजार ७९० रुपैयाँ बिगो दाबी गरिएको छ भने विदेशी विनिमय अपचलन मुद्धाअन्तर्गत ७८ जनाविरुद्ध १ अर्ब १० करोड २१ लाख ४७ हजार ७८४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*