बालविकास शिक्षकको तलब बृद्धि, कति बढ्यो ?

३१ जेष्ठ २०७९, मंगलवार १५:४८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८।७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको बताए ।

‘चालु आर्थिक वर्ष २०७८।०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भने, ‘बालविकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*