अर्थमन्त्री शर्माले विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा एमालेको अवरोध, संसद बैठक स्थगित

३१ जेष्ठ २०७९, मंगलवार १७:२३

काठमाडौं । एमालेको अवरोध पछि आज संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको आलोचना गर्दै उनको राजीनामा माग सहित छानबिन समिति बनाउन माग गरेका हुन् ।​

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*